राष्ट्रिय माविका १६ विद्यार्थीलाई वडा १ को छात्रवृत्ति
पाेखरा | मंसिर २१, २०७९
पोखरा: पोखरा महानगरपालिका वडा १ को कार्यालयले राष्ट्रिय माविमा अध्ययनरत १६ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
विद्यालयको ७४ औ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा वडाको ‘सुनौलो शिक्षा प्रोत्साहन कार्यक्रम’ अन्तरगत गरिब तथा जेहेन्दार १६ विद्यार्थीलाई जनही ५ हजारको दरले छात्रवृत्ति प्रदान गरेको हो ।
छात्रवृत्ति प्रदान गर्दै वडाध्यक्ष शाहारा प्रधानले विभिन्न विकास तथा सामाजिक कामसँगै शिक्षाको क्षेत्रमा पनि रचनात्मक कार्य गर्ने उद्देश्यसहित छात्रवृत्ति प्रदान गरेको बताए । उनले स्वाबलम्बी बन्नका लागि विद्यार्थीहरु अध्ययनशिल हुनुपर्नेमा जोड दिदै सो छात्रवृत्तिले विद्यार्थीहरुलाई थप हौसला मिल्ने विश्वास व्यक्त गरे ।
उनका अनुसार वडाको सुनौलो शिक्षा प्रोत्साहन कार्यक्रम अन्तरगत विद्यालयको सिफारिसमा १६ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । अध्यक्ष प्रधानले आगामी दिनमासमेत शिक्षाको क्षेत्रमा विभिन्न कार्यक्रम आयोजना गर्ने र सदैव वडाबासीको साथमा रहने प्रतिवद्धता जनाए ।
यसैगरि वडा सदस्य शोभा गुरुङले विद्यार्थीहरु भविष्यका कर्णदार भएको बताउदै प्रोत्साहन स्वरुप छात्रवृत्ति प्रदान गरेको बताइन् । वडाको यो कार्यले विद्यार्थीहरुलाई केही प्रोत्सहान मिल्नेमा हामी विश्वस्त छौ, उनले भन्नि, आगामी दिनमासमेत हामीले विद्यार्थीमैत्री कार्यक्रमहरु लिएर आउनेछौ । ’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमाल दवाडीका अनुसार छात्रवृत्ति प्राप्त गर्नेहरुमा कक्षा ५ कि नम्रता गौतम, कक्षा ६ का प्रकाश नेपाली, कक्षा ७ की दिलिशा कौशल, कक्षा ८ की स्वस्तिका नेपाली, सोही कक्षामै अध्ययनरत निश्चल देवकोटा, कक्षा ९ का नितिन गुरुङ, सोही कक्षाकै पुनम परियार, कक्षा १० का कृष्ण सेन्चुरी, सोही कक्षाकै सुरक्षा सुवेदी रहेकी छिन् ।

यसैगरि कक्षा ११ की दिया गुरुङ, कक्षा १२ कि अस्मिता कुमारी, सदिक्षा सुवेदी, मञ्जु पौडेल, मालती क्षेत्री, सलोन मगर र रितु गुरुङ रहेकी छिन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमाल दवाडीको सभापतित्वमा सम्पन्न छात्रवृत्ति हस्तान्तरण कार्यक्रममा वडा सदस्यहरु जुमकाजी गुरुङ, जुकमाया परियार र रामजी प्रसाद पौडेलको उपस्थिति रहेको थियो ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संघीयतालाई बलियो बनाउन प्रदेश बलियो बनाउन आवश्यक रहेकोमा जोड दिनुभएको छ । गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा आयोजित समारोहमा प्रमुख अतिथ...
पोखरा महानगरपालिका–१ टुंडिखेलस्थित खेलमैदानमा आज (बिहीबार) देखि ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता’ सुरु भएको छ । बुद्धटोल ...
जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । कास्की प्रहरीले महोत्तरी स्थायी घर भई हाल जिल्ला पोखरा–९, नयाँबजार बस्ने १८ वर्षीया रवि चौधरी र भार...

